विश्वविद्यालयको वार्षिकोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

विश्वविद्यालयको वार्षिकोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

बुटवलः राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउँदै छिन्। लुम्बिनी विश्वविद्यालयको १७औं वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन्।

राष्ट्रपतिले ९ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति दिउँसो १२ बजे लुम्बिनी आउने बताइएको छ।

विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा त्रियान सम्मेलन सुरु गरेको छ। विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा नेपालका बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरू सहभागी छन्। सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन्। 

१६ मंसिर, २०७८, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।