अत्यावश्यक काममा बाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह

अत्यावश्यक काममा बाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ : अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ। अफ्रिकी मुलुकमा पहिचान भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै मन्त्रालयले नागरिकलाई अत्यावश्यक काममा बाहेक अन्य देश नजान आग्रह गरेको हो।

मन्त्रालयका अनुसार साउथ अफ्रिका र एसियाका केही देशमा यो भेरियन्ट देखिए पनि हालसम्म नेपालमा भने देखिएको छैन। विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ। नेपालमा हालसम्म नयाँ भेरियन्ट नदेखिए पनि परीक्षणको दायरा फराकिलो बनाइएको र नेपालमा प्रवेश गर्न नदिन समयमै सावधानी अपनाइएको मन्त्रालयको दाबी छ।

नयाँ भेरियन्ट बढी सङ्क्रामक रहेको र यसले सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने गरेको भन्दै मन्त्रालयले भनेको छ' कोभिड-१९ ओमिक्रोन भेरिएन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनु हुन मन्त्रालय अपिल गर्दछ।'

१५ मंसिर, २०७८, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।