अबको एमाले : ओली सत्य, बाँकी सब झुट

अबको एमाले : ओली सत्य, बाँकी सब झुट

गलामा विजयको प्रतीक माला अनि रातो गलबन्दी लगाउँदै बन्द शत्रमा आयोजित विजय घोषणा सभामा सहभागी हुन केपी वली पुग्दा उनका समर्थक प्रफुल्ल देखिन्थे। १० औँ महाधिवेशनबाट जुन नतिजा ल्याउन उनी र उनका समूह खटिएका थिए नतिजा त्यही आउँदा उनी पनि पक्कै खुसी नै थिए। तर मास्क लगाएकाले उनको मुहारको भाव भने देखिएन।

उनी नवौँ महाधिवेशनबाट पार्टीको सर्वोच्च पदमा पुगेदेखि नै इतर विचार समूहलाई पेल्दै आएका नै थिए। उनको नीति प्रस्ट थियो 'एमालेमा टिक्नु छ भने मैले जे भन्छु हुन्छ भन्नु। जसले हुन्न भन्छ एमालेमा स्थान रहन्न।' त्यसैको परिणाम केन्द्रदेखि प्रदेशसम्म सबैतिर पार्टी सत्ता च्युत भयो। प्रतिपक्षमा पुग्यो।

माओवादीसँग एकता गरेर शक्तिशाली सरकारको नेतृत्व गरेदेखि पार्टीमा बढेको किचलोले पार्टी पूर्ववत् एमाले फर्किएर विभाजित हुँदासम्म उनले आफ्नो नीति कायमै राखे। उनको नीतिमाथि पार्टीभित्र विविध कोणबाट बहस भए। कतिले समर्थन गरे कतिले गलत छ सच्याउनुपर्छ भने।

चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनबाट नेतृत्वको सवालमा जुन नतिजा आएको छ त्यसले ओलीले लिएको बाटो सही थियो भनेर पार्टीभित्र वैधता पाएको छ।

महाधिवेशनका प्रतिनिधीहरुले अब एमालेको नीति भनेको ओली नीति हो भन्ने प्रस्ट शन्देसदिँदै उनको मतको विपक्षमा उभिएकाहरूलाई पराजित गर्दै पार्टी पदाधिकारीमा ओलीले चाहे अनुसारका अनुहारलाई पुर्याए।

१० औँ महाधिवेशनले पार्टी नेतृत्वमा भीम रावललाई अस्वीकार गरेर ओलीलाई स्वीकार मात्र गरेन ओलीको मत विपरीत मत व्यक्त गर्ने घनश्याम भुसाललाई पदाधिकारीमा पराजित गरेर अब एमालेको नीति भनेको ओली नीति हो भन्ने प्रस्ट सन्देश पनि दिएका छन्। महाधिवेशन प्रतिनिधिले ओलीलाई पार्टीभित्र विपक्षी नेता बनाइदिएका छन्। अध्यक्ष त उनी भइहाले। वरिष्ठ उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म एकछत्र ओली अनुहार।

योसँगै सरकारमाहुँदा ओलीले २ पटक संसद् विघटनका लागि गरेको असफल प्रयास, नेकपाको विघटनको कारण अनि एमालेको विभाजन सबै जायज कदम हुन भनेर १० औँ महाधिवेशन प्रतिनिधिले स्वीकार गरेका छन्।

एमालेमा ओली सत्य हुन् बाँकी सबै झुट भन्ने त उद्घाटन शत्रमा देखाएको उनको जयजयकारले भरिएको डकुमेन्ट्री अनि अन्तिम सत्रमा देखाएको जय गानले नै प्रस्ट पार्छ नै। हिजोका आचरण र व्यवहारले भोलि एमालेले लिने नीति र नेतृत्वको व्यवहार त्यति सुखद देखाउँदैन। यो एक छत्र राजले एमालेलाई दुर्घटनामा पुर्याउने जोखिम बढी छ।

संसद् विघटनलाई असंवैधानिक मान्ने अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेसँगै योगेश भट्टराई र गोकर्ण विष्ट पदाधिकारीमा अटाएका छन्। तर उनीहरू चयनको आधारमा ओलीको नीतिमाथिको विमतिका आधारमा हैन उनको समूहले बाँडेको मत हाल्नुपर्ने उम्मेदवारको सूचीमा अटाएर मात्र हो। उनीहरूको विजयको आधार महाधिवेशनका प्रतिनिधि मत मात्रै रहेन ओलीको सदिच्छा समेत हो नै।

हिजो पार्टीभित्र विपक्षी हुँदा ओलीले अपनाएको प्रणाली कत्तिको लोकतान्त्रिक थियो अनि उनको योजना अनुसार १० औँ महाधिवेशन अगाडि बढेको भए लोकतान्त्रिक प्रणालीको अवस्था के हुने थियो त्यो प्रस्टै देखिएकै विषय हो।

तत्काल पार्टीको केन्द्रीय कमिटीमा पुगेकाहरूको मुहार हेर्दा ओलीले अगाडि सार्ने जायज/नाजायज कुनै पनि प्रस्तावप्रति विमति जनाउने सङ्ख्या शून्य देखिन्छ। अब त उनी नेतृत्वमा विपक्षी अवस्थामा छन्। पार्टीको सबै तहमा सुविधाजनक बहुमत। एकछत्र राज। 

एमालेमा ओली सत्य हुन् बाँकी सबै झुट भन्ने त उद्घाटन शत्रमा देखाएको उनको जयजयकारले भरिएको डकुमेन्ट्री अनि अन्तिम सत्रमा देखाएको जय गानले नै प्रस्ट पार्छ नै। हिजोका आचरण र व्यवहारले भोलि एमालेले लिने नीति र नेतृत्वको व्यवहार त्यति सुखद देखाउँदैन। यो एक छत्र राजले एमालेलाई दुर्घटनामा पुर्याउने जोखिम बढी छ।

पार्टीमा जब विवाद बढ्यो ओलीले भनिरहे 'मलाई पार्टी भित्रैकाले काम गर्न दिएनन्।' ओलीले काम गर्न नदिनेहरू भनेर जो-जसलाई भनेका थिए ती कति पहिल्यै पार्टीबाट बाहिरिइसके। एमालेमै बसेकाहरूलाई १० औँ महाधिवेशनका प्रतिनिधीहरुले बाहिर राखिदिए।

उनले पटक-पटक पार्टी नेतृत्वले कामै गर्न नदिएकाले सोचेझैँ नतिजा दिन सकिन भनेकाले महाधिवेशन प्रतिनिधीहरुले उनलाई अवरोधहीन टिम दिएर ल त नतिजा देखाऊँ भनेको पो हुन् कि ?

उनको व्यवहार र शैलीले यति सकारात्मक पाटो त देखिन्न। तै पनि चमत्कार भइहाल्छ कि !

१४ मंसिर, २०७८, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।