कोरोनाको नयाँ भेरियन्टविरुद्ध रुसले सुरु गर्‍यो खोप बनाउन

कोरोनाको नयाँ भेरियन्टविरुद्ध रुसले सुरु गर्‍यो खोप बनाउन

एजेन्सीः कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखा परेको 'ओमिक्रोन'को विरुद्धमा रुसले खोप बनाउन थालेको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले ओमिक्रोनलाई परास्त गर्न सक्ने खोपको नयाँ संस्करण बनाउन लागेको हो। 

रुसी अधिकारीहरूले 'स्पुतनिक भी'लाई नै संशोधन गरेर ओमिक्रोनविरुद्ध नयाँ खोप बनाउन लागेको बताएका छन्। खोपको विकास छिटै गर्ने पनि उनीहरूले बताएका छन्। 

खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने बताइएको छ भने अन्य मुलुकका लागि समेत पुग्ने गरी खोप उत्पादन गरिने भएको छ। 

१४ मंसिर, २०७८, १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।