ओमाइक्रोनको त्रास : विदेशी यात्रुलाई १० दिन क्वारेनटाइन, नाकामा कडाइ

ओमाइक्रोनको त्रास : विदेशी यात्रुलाई १० दिन क्वारेनटाइन, नाकामा कडाइ

काठमाडौँ कोरोना भाइरसको नयाँ प्रजाति ओमाइक्रोन भित्रिन नदिन सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेनटिनमा राख्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अनिवार्य क्वारेनटिन र विमानस्थलसहित नेपाल भित्रने नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको नयाँ भेरिअन्ट पुष्टि भएसँगै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सचेत हुन आग्रह गरेको थियो।

सो भाइरस कत्तिको सकर्मक हो सोबारे अनुसन्धान भइरहेको छ। कोरोना विरुद्ध खोप लिएकाहरूमा त्यसको प्रभावबारे समेत हालसम्म एकिन हुन सकेको छैन। नयाँ भेरिअन्ट विश्वका १४ देशमा पुगिसकेको पुष्टि भइसकेको छ। तर बैठकले नयाँ भेरिअन्ट देखिएका देशमा हवाई सम्पर्कबारे भने कुनै निर्णय गरेको छैन।

१३ मंसिर, २०७८, १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।