ओमिक्रोन कति खतरनाक छ भन्ने अनुसन्धान हुन बाँकी: डब्ल्यूएचओ

ओमिक्रोन कति खतरनाक छ भन्ने अनुसन्धान हुन बाँकी: डब्ल्यूएचओ

एजेन्सीः विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हालै अफ्रिकामा देखा परेको ओमिक्रोन भेरियन्ट कति खतरनाक छ भन्ने विषयमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ। डब्ल्यूएचओले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएको हो।

दक्षिण अफ्रिकामा सर्वप्रथम देखिएको नयाँ भेरियन्ट हाल युरोपका अन्य मुलुकमा पनि भेटिएको छ।

ओमिक्रोनलाई यसअघिको डेल्टा भेरियन्टभन्दा पनि खतरनाक र चिन्ताजनक मानिएको छ। 

१३ मंसिर, २०७८, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।