घनेन्द्रको 'जबज'बारे आलोचनात्मक पुस्तक

घनेन्द्रको 'जबज'बारे आलोचनात्मक पुस्तक

काठमाडौँ : एमाले र एकीकृत समाजवादीमा मदन भण्डारीको जनताको बहुदलीय जनवादबारे चर्को बहस भइरहेको बेला स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाले 'जनताको बहुदलीय जनवाद: फरक बहस' पुस्तक बजारमा ल्याएका छन्।

नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको एमालेको २०४९ को पाँचौँ महाधिवेशनले पारित गरेर जबज अपनाएको थियो। एमालेले मार्गदर्शन  सिद्धान्तको रूपमा स्वीकार गरेको 'जबज'माथि उनले पुस्तकमा आलोचनात्मक टिप्पणी गरेका छन्।

पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको तीन दशकमा गरिएको अभ्यास र त्यसमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको ओझाले बताए।

जबजको पूर्ण दस्ताबेज समेटिएको पुस्तकमा तीन वटा खण्ड रहेको छ। इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ।

१२ मंसिर, २०७८, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।