'ए' डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

'ए' डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौंः शहीद स्मारक 'ए' डिभिजन लिगमा आज नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दैछन्। यी दुई टोलीबीचको खेल आज अपराह्न ४:४५ बाट सुरु हुनेछ। 

यसअघि भएको पहिलो चरणको खेलमा दुवै टोलीले जित हासिल गर्न सकेका थिएनन्। पुलिस पहिलो खेलमा आर्मीसँग १-१को बराबरीमा रोकिएको थियो। यता जावलाखेल मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो।

दोश्रो चरण खेलको सुरुआतमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। 

१२ मंसिर, २०७८, १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।