नेपाली महिला क्रिकेट टोली यूएईविरुद्ध बलिङ गर्दै, आजको खेल जितेमा विश्वकप छनोटमा पुग्ने

नेपाली महिला क्रिकेट टोली यूएईविरुद्ध बलिङ गर्दै, आजको खेल जितेमा विश्वकप छनोटमा पुग्ने

काठमाडौंः यूएईमा जारी आईसीसी महिला टी२० विश्वकपको एसिया छनोटअन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ। नेपालले टस जितेर बलिङ गर्दैछ।

आजको खेल जितेमा नेपाली महिला टोलीले महिला टि२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। तर आज जित मात्र पर्याप्त नहुने देखिएको छ।

अंकतालिकामा नेपाल र हङकङले समान ६–६ अंक जोडेकाले हङकङलाई पछि पार्न आज नेपालले यूएईलाई १० रन अथवा १० बलको अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

१२ मंसिर, २०७८, १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।