दक्षिण अफ्रिकाको गुनासो: कोरोनाको नयाँ भेरियन्ट फेला पारेबापत सजाय दिइयो

दक्षिण अफ्रिकाको गुनासो: कोरोनाको नयाँ भेरियन्ट फेला पारेबापत सजाय दिइयो

यता दक्षिण अफ्रिकाले भने कोरोनाको नयाँ भेरियन्ट फेला पारेबापत तारिफ हुनुपर्नेमा सजाय दिइएको गुनासो गरेको छ। दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।

विभिन्न मुलुकले दक्षिण अफ्रिकाबाट हुने सम्पूर्ण आवागमनमा रोक लगाएपछि त्यहाँको मन्त्रालयले आफूहरूलाई सजाय दिइएको गुनासो गरेको हो।

ओमिक्रोन यसअघिका अन्य भेरियन्टभन्दा शक्तिशाली भएको र यसमा खोपको प्रभाव निकै न्यून हुने बताइएको छ। विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई सरोकारको विषय भएको बताएको छ।

यस्तै सो भेरियन्टको थुप्रै केसहरू युरोपमा पनि देखापर्न थालेको छ। बेलायतमा दुई, जर्मनीमा दुई, बेल्जियममा एक र इटालीमा एक केस फेला परेको छ।

१२ मंसिर, २०७८, ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।