फेरि कोरोनाको नयाँ भेरियन्ट: 'ओमिक्रोन' नामाकरण, खोपको प्रभावकारिता निकै कम

फेरि कोरोनाको नयाँ भेरियन्ट: 'ओमिक्रोन' नामाकरण, खोपको प्रभावकारिता निकै कम

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टलाई 'सरोकारको विषय' भएको बताएको छ। यस्तै डब्ल्यूएचओले नयाँ भेरियन्टलाई 'ओमिक्रोन' नामाकरण गरेको छ। 

डब्ल्यूएचओका अनुसार नयाँ भेरियन्टको सङ्क्रमण दर निकै उच्च रहेको छ। यस्तै यसको उत्परिवर्तन पनि अत्याधिक मात्रामा भइरहेको छ।

ओमिक्रोन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा २४ नोभेम्बर अर्थात् ३ दिनअघि देखिएको थियो। त्यसयता बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यो भेरियन्ट देखापरिसकेको छ। यस्तै हाल थुप्रै देशले दक्षिणअफ्रिकी देशहरूबाट आवागमन ठप्प पारेका छन्। 

बेलायतका उच्च स्वास्थ्य अधिकारीहरूका अनुसार यो भेरियन्टविरुद्ध खोपको प्रभावकारिता निकै कम रहेको छ।

११ मंसिर, २०७८, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।