उकेरा खेल

ए डिभिजन लिग: च्यासल-एपीएफ, हिमालयन शेर्पा-मनाङ भिड्ने


काठमाडौंः शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लब भिड्नेछन्।

च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। च्यासल पहिलो चरणको १ खेल खेल्दा हारसहित अंकविहीन हुँदै अंकतालिकामा पुछारमा छ। एपीएफले पनि पहिलो चरणमा जित हासिल गर्न सकेको थिएन।

यस्तै आज हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच पनि खेल हुँदै छ। आज अपराह्न ४:४५ बाट यी दुई टोलीबीचको खेल सुरु हुनेछ। यसअघिको खेलमा मनाङले जित हासिल गरेको थियो।

यता हिमालयन शेर्पाले बराबरी मात्र गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जिल्लास्तरीय एन्फा लिगको उपाधि एबिसीलाई

बिहीबार सैनिक आवासीय माहाविद्यालयमा भएको फाइनलमा  फ्रेण्डसिप क्लबलाई दुई शून्य गोल अन्तरले पाखा लगाउँदै एबिसीले उपाधि रक्षा गरेको हो। खेलको ३९ मिनेटमा एबिसीका सुदिन विकले एकगोल गर्दै टोलीलाई....

प्रहरीमा जागिर खान बुझाएको शैक्षिक प्रमाण पत्रले २३ वर्षपछि मुद्दा खेप्दै फुटबलर हरि 

नेपाल प्रहरीको विभागीय टोली प्रहरी क्लबबाट फुटबल खेल्ने गरेका उनले प्रहरी सेवामा प्रवेश गर्दा बुझाएको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान....

आफ्नै मैदानमा वेष्टइन्डिजसामु इंग्ल्याड स्तब्ध

बुधबार राति वेस्टइन्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ९ विकेट गुमाउँदै २०४ रनमा समेटिएपछि वेष्टइन्डिज जित निकाल्न सफल भएको हो। इंगल्याण्डका लागि टोम बान्टोन....

कोरोनाले रोकियो राष्ट्रिय महिला लिग

अखिल नेपाल फुटबल सङ्घ एन्फाले सूचना निकालेर राष्ट्रिय महिला लिग स्थगित गरेको जानकारी दिएको हो।  एन्फाले अर्को सूचना निकालेर लिगको नयाँ मिति तोक्ने जनाएको छ।....

को-को हुन् आईपीएलको अक्सनमा नाम दर्ता भएका १५ नेपाली खेलाडी ?

हालसम्म नेपालबाट आईपीएल खेल्ने खेलाडीमा हालका कप्तान सन्दीप लामिछाने मात्र छन्। यस पटक सन्दीपसहित १५ जनाले अक्सनमा सहभागी हुने भएका छन्। आईपीएलमा कुल ८ टीम....