निरुताको हिन्दी टोनले कार्यक्रमै खल्लो

निरुताको हिन्दी टोनले  कार्यक्रमै खल्लो

काठमाडौँ : बिहीबारबाट प्रसारण थालिएको डान्स रियालिटी शो डान्स च्याम्पियनका तीन जजमध्ये २ नेपाली नागरिक हुन्। एक नेपाली मुलकी भारतीय। तर कार्यक्रमका दोस्रो जज पनि नेपाली मुलका भारतीय भन्दा कम छैनन्।

ती हुन् जगत रावल। कार्यक्रममा रावललाई नेपाली नागरिक जो भारतीय रियालिटी शोहरुमा सहभागी भएर आफ्नो पहिचान बनाएका छन् भनिएको थियो। तर उनको बोली पुरै भारतीय टोन। भारतीय लवज त निरुता सिंहको पनि आउँछ। उनी पछिल्लो समय नेपालभन्दा मुम्बईमै बढी बस्छिन् पनि।

निरुताकै टोनले कार्यक्रम खल्लो पारेको बेलामा रावलको टोन त निरुताको भन्दा पनि बढी। कार्यक्रमका सहभागी कतिले उनको प्रतिक्रिया बुझ्छन् कुन्नि। किनकि उनी नेपाली बोल्छन् तर आफैले नबुझ्ने। तोप-तोप भन्ने अर्की जज आश्मा विश्वकर्मा बरु ठिक देखिएकी छिन्। उनको प्रतिक्रिया पनि कार्यक्रम सुहाउँदो छ।

फुलन्देकी आमा सहितको कार्यक्रमको दुवै प्रस्तोता भने कार्यक्रम जमेका छैनन्। अडिसनको दोस्रो एपिसोड पनि वेस्टर्न कल्चरकै प्रभाव बढी देखियो। मौलिक नेपाली नाच देखिएन। केही सहभागी भने निकै राम्रा थिए। 

१० मंसिर, २०७८, ००:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।