नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

नारायणी किनारमा एमालेजनको खुसी (ड्रोन सट)

यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न थालेका छन्। महाधिवेशनको उद्घाटन सत्रमा भाषण सुन्न र ताली पड्काउन बोलाइएका कार्यकर्ताहरू नदीको चिसो स्याँठ छल्न न्यानो कपडा लगाएर उभिएका छन्। रातो झन्डा हातले हल्लाउनु परेको छैन। हावाले साथ दिइरहेको छ।

नेकपा एमालेको प्रचारप्रसार मात्रै होइन, केपी शर्मा ओलीको सरकारले गरेका कामको श्वेतपत्र जस्तो वृत्तचित्र नै देखाइएको छ। नारायणी नदी किनारमा थाप्लोमा हात राखेर मञ्चतर्फ ध्यान दिएकाहरू आकाशबाट पानी खस्ने चिन्तामा समेत देखिएका छन्।

१० मंसिर, २०७८, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।