बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

बाक्लो हुस्सुबीच एमाले महाधिवेशन, ३ किलोमिटर परै रोकिए पश्चिमबाट आएका सवारी

चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। आज दिउँसो १२ बजे महाधिवेशन उद्घाटन हुनेछ।

चितवनको नारायणी किनारमा आज बिहानैबाट एमालेका नेता कार्यकर्ताको भीड लागेको छ। महाधिवेशनस्थलमा बाक्लो हुस्सु लागेको छ भने शीत पनि झरेको छ। नदी किनारको कठ्याङ्रिदो चिसोमा पनि नेता कार्यकर्ताहरूमा भने उत्साह छाएको छ।

आज उद्घाटन सत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। यस्तै विभिन्न अन्तर्राष्ट्रिय नेताहरूको पनि उपस्थिती हुने जनाइएको छ।

यस्तै महाधिवेशनकै लागि चितवनमा विशेष ट्राफिक योजना बनाइएको छ। एम्बुलेन्ससहितका अत्यावश्यक सवारीबाहेक मालवाहक ट्रक र ठूला सवारीलाई बजार क्षेत्रमा निषेध गरिएको छ।

यता पश्चिमतर्फबाट आएको सवारीलाई पनि नवलपरासीको गैंडाकोट-४ मै रोकिएको छ। त्यहाँबाट महाधिवेशनस्थलसम्म हिँडेर जान आदेश गरिएको छ। महाधिवेशनस्थल त्यहाँबाट झण्डै ३ किलोमिटर पर छ।

तस्बिरहरूः दीपेन्द्र अधिकारी र विकाश पराजुली/उकेरा

१० मंसिर, २०७८, ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।