नेप्से ३ अङ्कले घट्यो, कारोबार ३ अर्ब ७८ करोड 

नेप्से ३ अङ्कले घट्यो, कारोबार ३ अर्ब ७८ करोड 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर बजार झिनो अङ्कले घटेको छ। नेप्से ३.२२ अङ्कले घटेर परिसूचक २७३१.७८ बिन्दुमा कायम भएको छ। 

२३३ वटा कम्पनीका ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँको कारोबार भएको छ। 

बैङ्किङ, होटेल तथा पर्यटन र अन्य उपसमूह बढेको छ भने अरू उपसमूह राताम्मे भएका छन्। होटेल तथा पर्यटन २५.६६, अन्य १९.५१ र बैङ्किङ ९.७७ अङ्कले बढेको छ। 

सबैभन्दा धेरै निर्जीवन उपसमूह १५६.८४ अङ्कले घटेको छ। विकास बैङ्क ७०.८७, माइक्रोफाइनान्स ५१.४१ र व्यापार उपसमूह ४३.१६ अङ्कले घटेको छ।  

९ मंसिर, २०७८, १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।