नेपाल आइसिसी महिला विश्वकप एसिया छनोटको शीर्ष स्थानमा 

नेपाल आइसिसी महिला विश्वकप एसिया छनोटको शीर्ष स्थानमा 

काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा कुवेतलाई हराएको छ।

जितका लागि कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो। 

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो। ३ खेलमा २ मा जित र १ मा हार सहित नेपाल ४ अङ्कसहित शीर्षस्थानमा छ। 

युएई २ खेलमा ४ अङ्कका साथ नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन्।

पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा मात्र २७ रन जोडेर अल आउट भएको थियो। 

नेपाललाई अव शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ। अगामी वर्ष हुने टी२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुवै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ।

९ मंसिर, २०७८, १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।