सहमतिमै एमालेको नेतृत्व चयन हुन्छ: नेता थापा

सहमतिमै एमालेको नेतृत्व चयन हुन्छ: नेता थापा

चितवनः नेकपा एमालेको स्थायी कमिटी सदस्य रामबहादुर थापाले सहमतिमै एमालेको नेतृत्व चयन हुने बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

महाधिवेशन मूल व्यवस्थापन समितिका सञ्योजक समेत रहेका थापाले भने, “१०औं महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्छ। यो सम्भव छ।” स्थानीय तहमा समेत सहमतिबाटै नेतृत्व चयन भएको बताउँदै उनले केन्द्रमा पनि यसको प्रभावपर्ने बताए।

यस्तै उनले आफू १०औं महाधिवेशनमा कुन पदको उम्मेदवार बन्ने टुंगो नलागेको बताए। छलफलपछि यसबारे जानकारी गराइने उनले बताए।

९ मंसिर, २०७८, १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।