उकेरा न्युज

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा


काठमाडौः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदमा विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन्।  बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्। 

उम्मेदवारी दिनेक्रममा एक विज्ञप्ति जारी गर्दै उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।' 

उनले कांग्रेसलाई लोकतान्त्रिक पार्टीको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुनर्स्थापित गर्ने, तीन वटै तहको आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउने, पार्टीमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने जस्ता उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन्।

पाँच दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय निधि कांग्रेसका संस्थापकमध्येका नेता महेन्द्रनारायण निधिका छोरा हुन्। उनी ०२७ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका थिए। उनी २०७५ सालमा नेपाली कांग्रेसको उपसभापति पदमा मनोनित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मौसम अपडेट: नेपालको पश्चिमी भूभागमा बदली

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।   आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र....

प्रदेश १ कांग्रेस सभापतिमा २ मतले हारे गुरुराज, थापा भए सभापति

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष घिमिरे संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका थिए। उनको प्रतिस्पर्धी उद्धव थापाले ८४४ मत ल्याउँदा घिमिरेले ८४२ मत पाए।....

बागमती प्रदेशमा देउवा प्यानलका बानियाँ सभापति, कमजोर देखियो केसी परिवार

संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका केसीलाई इतर समूहका सबै नेताको साथ थियो। काठमाडौँमा प्रकाशमान सिंह र गगन थापाको सहकार्य फापेको थियो। तर प्रदेश तहमा....

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु 

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अटो चालक भने फरार भएका छन्।

लुम्बिनीमा ७३० मत गन्दासम्म पुनको अग्रता 

सभापतिका प्रत्याशी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन्। ४ मत बदर भएको निर्वाचन समितिका सदस्य जीवराम अधिकारीले बताए। पुन रामचन्द्र पौडेल र शाह....