कर्णालीमा सुर्खत र दैलेखबाहेक ८ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

कर्णालीमा सुर्खत र दैलेखबाहेक ८ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

सुर्खेतः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशका १० मध्ये ८ जिल्लामा नेतृत्व चयन भएको छ। कांग्रेसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो।

यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ। ८ जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको छ। त्यसमध्ये जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन भएका छन्।

यस्तै कर्णालीका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ। जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते कर्णालीमा प्रदेश अधिवेशन हुनेछ।

९ मंसिर, २०७८, १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।