अम्बानीलाई पछि पार्दै अडाणी भारत र एसियाका सर्वाधिक धनी व्यक्ति

अम्बानीलाई पछि पार्दै अडाणी भारत र एसियाका सर्वाधिक धनी व्यक्ति

एजेन्सीः भारत र एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले अब भने धनाढ्यको शीर्ष स्थान छोड्नुपर्ने भएको छ। भारतकै अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणीले रिलायन्स इण्डस्ट्रिजका मुकेश अम्बानीलाई पछि पार्दै शीर्ष स्थान ओगटेका हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार हाल अम्बानीको कुल सम्पत्ति ९१ अर्ब अमेरिकी डलर रहेको छ भने अडाणीको ८८.८ अर्ब अमेरिकी डलर रहेको छ। तथापि, अडाणीले 'इयर टु डेट'गणितीय हिसाबमा भने अम्बानीलाई निकै पछि छोडेका छन्। अम्बानीको सम्पत्ति १४.३ अर्ब अमेरिकी डलर रहेको छ भने अडाणीको सम्पत्ति ५५ अर्ब डलर रहेको छ।

गौतम अडाणीलाई अम्बानीभन्दा धनी बनाउने एउटा प्रमुख कारण हो कम्पनीमा उनको हिस्सा। अम्बानीको रिलायन्समा ५०.६१ प्रतिशत हिस्सा रहेको छ भने अडाणीको आफ्नो कम्पनीमा ७०.५९ प्रतिशत हिस्सा रहेको छ।

जानकारहरूका अनुसार सउद अरामसँगको १५ अर्ब डलरको 'डील' रद्द भएसँगै रिलायन्स कम्पनीको शेयर लगातार ओरालो लागेको हो।

९ मंसिर, २०७८, १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।