एमाले महाधिवेशन: प्रधानमन्त्रीले सम्बोधन गर्ने

एमाले महाधिवेशन: प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौंः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने भएका हुन्।

चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन्। नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कने कार्यक्रम रहेको छ।

प्रजिअ तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो समेत कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ। यस्तै अन्य राजनीतिक दल र विदेशबाट समेत अतिथि आउने तय भएको छ।

एमाले महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ।

९ मंसिर, २०७८, ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।