७२ वर्षे एमालेको १०औं महाधिवेशन : दोहोर्‍याएर कक्षा पढ्ने तेस्रो व्यक्ति बन्दै ओली

७२ वर्षे एमालेको १०औं महाधिवेशन : दोहोर्‍याएर कक्षा पढ्ने तेस्रो व्यक्ति बन्दै ओली

काठमाडौं : ७२ वर्षको इतिहास बोकेको नेकपा एमालेले आफ्नो १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ।

२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनको ७ वर्षपछि एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेको हो।

झण्डै ८ वर्षअघि ९औं महाधिवेशनमा दुई पटक पार्टीको नेतृत्व सम्हालेका माधव नेपाललाई पराजित गर्दै केपी शर्मा ओली एमालेको कमाण्डर बनेका थिए। 

पुष्पलाल श्रेष्ठको नेतृत्वमा वि.सं २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। त्यसको ४ वर्षपछि अर्थात् वि.सं. २०१० को माघ १० देखि २० गतेसम्म काठमाडौं र ललितपुरमा पहिलो महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट महामन्त्रीको रूपमा मनमोहन अधिकारी नेतृत्वमा पुगेका थिए।

यस्तै पहिलो महाधिवेशन भएको चार वर्षपछि २०१४ साल जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरा दरबारमा दोस्रो महाधिवेशन भयो। सो महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव बने।

तेस्रो महाधिवेशन २०१९ साल वैशाख ४ देखि १५ सम्म भएको थियो। तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य महासचिवमा चुनिए। जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्थाको सुत्रपात राजा महेन्द्रले गरेका थिए। 

निर्दलीय व्यवस्थामा लामो समय एमालेको महाधिवेशन हुन सकेन। झन्डै २७ वर्षपछि एमालेले सिरहाको विष्णुपुरकट्टीमा चौथो महाधिवेशन सम्पन्न गर्योि। २०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको उक्त महाधिवेशन भूमिगत रूपमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट मदन भण्डारी नेतृत्वमा पुगेका थिए।

२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था समाप्त गरेपछि बहुदलीय व्यवस्था लागू भयो। त्यसपछि एमालेले पाँचौ महाधिवशेन दशरथ रंगशालामा गरेको थियो।

२०४९ माघ १४ देखि २० गतेसम्म चलेको यो महाधिवेशनको मूल नारा थियो, ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं।’ यो महाधिवेशनबाट पुनः मदन भण्डारी नै एमालेको कमाण्डरको रुपमा दोहोरिए।

बहुदलीय जनवादका व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भयो। भण्डारीको देहान्तपछि एमालेले २०५४ मा बाँकेको नेपालगञ्जमा छैटौं महाधिवेशन गर्योा। माघ १२ देखि १८ गतेसम्म चलेको महाधिवेशनको मूल नारा थियो, ‘विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं।'

छैटौं महाधिवेशनबाट महासचिवमा माधवकुमार नेपाल चुनिए। एमालेको सातौं महाधिवेशन २०५९ माघ १८ देखि २२ सम्म जनकुपरमा भयो। ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास!’ नारा दिएर गरिएको सो महाधिवेशनबाट माधवकुमार नेपाल नै महासचिवमा दोहोरिए।

एमालेले २०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा आठौं महाधिवेशन गर्योग। सो महाधिवेशनबाट एकल नेतृत्वबाट चलेको एमाले बहुपद प्रणालीमा प्रवेश गर्योद।

महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओलीलाई हराउँदै झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए। महासचिवमा भने ईश्वर पोखरेल निर्वाचित भएका थिए।

२०७१ असार १९ देखि साउन १ गतेसम्म ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं' भन्ने नाराको साथ एमालेले नवौं महाधिवेशन गर्योत। काठमाडौंको भृकुटीमण्डपमा भएको उक्त महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए। महासचिवमा भने ईश्वर पोखरेलले नै निरन्तरता पाए।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ जेठ ३ मा एकता भई नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी गठन भयो। घटनाक्रमसँगै सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो। 

त्यसपछि एमालले २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा प्रथम विधान महाधिवेशन गर्योत। उक्त महाधिवेशनले नीति, संगठन र विधानसम्बन्धी दस्तावेज पारित गर्दै पार्टीको १०औं महाधिवेशन घोषणा गर्यो । 

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नाराका साथ एमालेले १०औं महाधिवशन गर्दैछ। 

दुई पटक नेतृत्व गर्ने तेस्रो व्यक्ति हुँदैछन् ओली 
एमालेका कमाण्डरमा हालसम्म दुई जना मात्रै दोहोरिएका छन्। स्व. मदन भण्डारी र माधवकुमार नेपालले दुई/दुई पटक नेतृत्वको जिम्मेपारी सम्हालेका थिए। चौथो र पाँचौं महाधिवेशनबाट मदन भण्डारी महासचिव बनेका थिए भने छैटौं र सातौं महाधिवेशनबाट माधवकुमार नेपाल महासचिव बनेका थिए।

१०औं महाधिवेशनको तयारी र अंकगणित हेर्दा ओली पुनः दोहोरिने पक्काजस्तै छ। ‘दोहोर्या एर कक्षा पढ्दिन’ भनेर पटकपटक भाषणबाजी गर्ने ओली नै यो महाधिवेशनबाट कक्षा दोहोर्या उँदै छन्।

वर्तमान उपाध्यक्ष भीम रावलले ओलीलाई चुनौती दिँदैछन। वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरेर भए पनि रावललाई अध्यक्षको उम्मेदवार बन्नबाट राक्ने प्रयास एमालेमा जारी छ।

एमाले १० औँ महाधिवेशन

८ मंसिर, २०७८, १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।