काँग्रेसको २६ जिल्लाको नतिजामा सानो अन्तरले संस्थापन पक्ष अगाडि

काँग्रेसको २६ जिल्लाको नतिजामा सानो अन्तरले संस्थापन पक्ष अगाडि

काठमाडौँ : १४ औँ महाधिवेशनका लागि भइरहेको नेपाली काँग्रेसको जिल्ला महाधिवेशनको निर्वाचनमा संस्थापन इतर रामचन्द्र पौडेल समूहभन्दा संस्थापन पक्षका शेरबहादुर देउवा समूह अगाडि देखिएको छ। बुधवारसम्म नतिजा आएका २६ जिल्लामा संस्थापन पक्ष अगाडि छ। तर अन्तर ठुलो भने छैन।

सार्वजनिक भएको २६ जिल्लामध्ये १४ जिल्लाको नेतृत्व संस्थापन पक्षले जितेको छ। संस्थापन इतर समूहले १२ जिल्लाको नेतृत्व पाएको छ।

संस्थापन इतर समूहबाट कालिकोटमा अम्मरबहादुर शाही, दोलखामा बर्मा लामा, सङ्खुवासभामा दीपक खड्का, रुकुम पूर्वमा केशरमान रोका, मुस्ताङमा रोमी गौचन, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावलले सभापति जितेका छन्।

यसै गरी प्युठानमा विष्णुकुमार गिरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, भोजपुर विनोद बान्तवा बैतडी चतुर बहादुर चन्द,  र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाम्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

संस्थापन समूहबाट रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, बझाङमा खडक बोहरा, मुगुमा ऐनबहादुर शाही, म्याग्दीमा खमबहादुर गर्बुजा, मनाङमा शङ्कर गुरुङ डडेलधुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, पाँचथरमा रूपनारायण जवेगु सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, जाजरकोटमा बेदराज सिंह, र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका छन्। 

८ मंसिर, २०७८, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।