उकेरा खेल

विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला टोलीले भुटानलाई हरायो 


काठमाडौँ : आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई ८ विकेटले हराएको छ।

पहिलो खेलमा हङकङसँग हारेको नेपालले मंगलबार भएको दोस्रो खेलमा भुटानलाई हराएको हो। 

नेपाली महिला टोली पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित भएको थियो। नेपालले भुटानले दिएको ६२ रनको लक्ष्य ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गरिन भने सीता राना मगरले १७ रन  र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्।

सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन्। यो जितसँगै नेपालले २ खेलमा २ अङ्क जोडेको छ।  भुटानको पनि २ खेलमा २ अङ्क नै छ।  भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। नेपालले अब छनोट अन्तर्गत तेस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लुम्बिनीलाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

लुम्बिनीले जितका लागि दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५....

न्युजिल्यान्डका एजाज पटेलले भारतविरुद्ध एकै पारीमा लिए १० विकेट

पटेल टेस्ट क्रकेटको इतिहासमा एकै पारीमा १० विकेट लिने संसारका तेस्रो बलर समेत बनेका छन्। उनले भारतका अनिल कुम्बले र इंगल्यान्डका जिम लेकरको रेकर्ड बराबरी....

व्यावसायिक फुटबलमा रोनाल्डोको ८ सय गोल पूरा

रोनाल्डोको कीर्तिमान रचिएको खेलमा म्यान्चेस्टर यूनाइटेडले ३-२को जित निकाल्न सफल भयो। हाल रोनाल्डोको नाममा ८०१ गोलको कीर्तिमान रहेको छ।  ३६ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय फुटबलमा....

'ए' डिभिजन लिगको तेस्रो चरण आजबाट: दुई खेल हुँदै

यी दुई टोली आज दिउँसो १ बजे भिड्नेछन्। थ्री स्टारले हालसम्म दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेको छ। यता फ्रेन्ड्सले दुई खेल खेल्दा....

चौथो साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने

पुस १३ देखि १७ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौडामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता....