कक्षा ११ का विद्यार्थीको अनलाइन रजिस्ट्रेसन खुल्ला 

कक्षा ११ का विद्यार्थीको अनलाइन रजिस्ट्रेसन खुल्ला 

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसन आवेदन इन्ट्री गराउन विद्यालयहरूलाई अनुरोध गरेको छ। 

बोर्डले सूचना निकालेर बोर्डको वेबसाइटमा पुस १० गतेदेखि अनलाइनबाट रजिस्ट्रेसन आवेदन दिन पाइने जनाएको छ। बोर्डका अनुसार अनलाइन आवेदन पुस मसान्तमा बन्द गरिनेछ।

रजिस्ट्रेसन आवेदन बापत बोर्डमा बुझाउनुपर्ने रकम पुस २१ गतेसम्म विलम्ब शुल्क रहित प्रति विद्यार्थी ४ सय रुपैयाँ कार्यालयको खातामा दाखिला गरिसक्नु पर्ने बोर्डले सूचनामा लेखेको छ।  

७ मंसिर, २०७८, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।