'ए' डिभिजन लिग: पहिलो चरणका खेल सकियो, शुक्रबारबाट दोश्रो चरणका खेल हुने

'ए' डिभिजन लिग: पहिलो चरणका खेल सकियो, शुक्रबारबाट दोश्रो चरणका खेल हुने

काठमाडौंः शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो चरणका खेल सकिएको छ। हिजो भएको मछिन्द्र फुटबल क्लब र न्युरोड टीम(एनआरटी)बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो।

लिगअन्तर्गत १४ टोलीले एक-एक खेल खेलेपछि पहिलो चरण सकिएको हो। अब दोश्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुनेछ।

लिगमा पहिलो चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा थ्री स्टार रहेको छ। थ्री स्टार, मनाङ, ब्रिगेड र मच्छिन्द्र क्लबले स्पष्ट जित निकाले पनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थान ओगट्न सफल भएको हो।

शुक्रबार दोश्रो चरणअन्तर्गत दिउँसो १ बजे सातदोबाटो र थ्री स्टार क्लब भिड्नेछन्। यस्तै सोही दिन अपराह्न ४:४५ बजे संकटा र फ्रेन्ड्स क्लब भिड्नेछन्।

 

७ मंसिर, २०७८, ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।