उकेरा खेल

टी२० विश्वकप छनाेट: हङकङसँग ६ विकेटले नेपाल पराजित


काठमाडौंः नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ। आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपाल पराजित भएको हो।

नेपालले पहिले ब्याटिङ गर्दै १ सय ५ रनको लक्ष्य दिएको थियो। हङकङले उक्त लक्ष्य १८ ओभरमा पूरा गर्दै जित हासिल गरेको हो। 

हङकङको जित मा मारिको हिलले ४४ रनको पारी खेलिन्। नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले एक/एक विकेट हात पारे।

यसअघि नेपालका लागि ब्याटिङतर्फ सीता राना मगरले ४० रन बनाएकी थिइन्। यस्तै इन्दु बर्माले अविजित ३१ रन बनाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

लुम्बिनीलाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

लुम्बिनीले जितका लागि दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५....

न्युजिल्यान्डका एजाज पटेलले भारतविरुद्ध एकै पारीमा लिए १० विकेट

पटेल टेस्ट क्रकेटको इतिहासमा एकै पारीमा १० विकेट लिने संसारका तेस्रो बलर समेत बनेका छन्। उनले भारतका अनिल कुम्बले र इंगल्यान्डका जिम लेकरको रेकर्ड बराबरी....

व्यावसायिक फुटबलमा रोनाल्डोको ८ सय गोल पूरा

रोनाल्डोको कीर्तिमान रचिएको खेलमा म्यान्चेस्टर यूनाइटेडले ३-२को जित निकाल्न सफल भयो। हाल रोनाल्डोको नाममा ८०१ गोलको कीर्तिमान रहेको छ।  ३६ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय फुटबलमा....

'ए' डिभिजन लिगको तेस्रो चरण आजबाट: दुई खेल हुँदै

यी दुई टोली आज दिउँसो १ बजे भिड्नेछन्। थ्री स्टारले हालसम्म दुई खेल खेल्दा एक जित र एक हार व्यहोरेको छ। यता फ्रेन्ड्सले दुई खेल खेल्दा....

चौथो साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने

पुस १३ देखि १७ गतेसम्म बागमती प्रदेशको राजधानी हेटौडामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता....