घनेन्द्रको कविता सङ्ग्रह असमान पहाडहरू बजारमा

घनेन्द्रको कविता सङ्ग्रह असमान पहाडहरू बजारमा

नयाँ कविता सङ्ग्रहमा समसामयिक विषयका २१ वटा कविता छन्।

कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृति प्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतन जस्ता विषय समेटिएको छ।

सङ्ग्रहमा समालोचक महेश पौड्यालको भूमिका छ। कविता सङ्ग्रहको प्रकाशक कवि स्वयं हुन् भने कन्दरा पब्लिकेशनले वितरक रहेको छ।

६ मंसिर, २०७८, १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।