कांग्रेस अधिवेशन: मोरङका १२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नेतृत्त्व चयन

कांग्रेस अधिवेशन: मोरङका १२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नेतृत्त्व चयन

मोरङः नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्र अधिवेशन मोरङमा सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनको मतपरिणाम आज सार्वजनिक गरिएको थियो।

कांग्रेस निर्वाचन समितिका सचिव मोदराज घिमिरेका अनुसार निर्वाचन क्षेत्र नं १ ‘क’मा नरबहादुर तामाङ र ‘ख’मा राजकुमार लामा सभापतिमा निर्वाचित भएका छन्। यस्तै क्षेत्र नं २ ‘क’मा कन्हैयालाल राजवंशी र ‘ख’मा देवेन्द्र बस्नेत सभापति निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नं ३ को ‘क’मा गङ्गा याख्खा र ‘ख’मा जगतलाल चौधरी, क्षेत्र नं ४ को ‘क’मा एकाराम माझी र ‘ख’मा सुवोध निरौला, क्षेत्र नं ५ को ‘क’मा अचानु खा गन्गाँई र ‘ख’मा जितु साह तथा निर्वाचन क्षेत्र नं ६ को ‘क’मा दीपक भगत र ‘ख’मा मधु तिवारी सभापति पदमा निर्वाचित भएका छन्। 

तीमध्ये क्षेत्र नं १ को ‘ख’, क्षेत्र नं २ को ‘ख’ र निर्वाचन क्षेत्र नं ५ को ‘क’ र ‘ख’का उम्मेदवारहरू सर्वसम्मतिले छनोट भएका हुन्।

५ मंसिर, २०७८, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।