१५ वर्षमा पनि नपुरिएको घाउ

१५ वर्षमा पनि नपुरिएको  घाउ

काठमाडौंः विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १५ वर्ष पूरा भएको छ। तत्कालीन विद्राेही माओवादी र नेपाल सरकारबीच दश वर्षे विद्रोह समाप्त पार्न आजकै दिन २०६३ मंसिर ५ शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।

शान्ति सम्झौताका क्रममा संविधान सभाबाट संविधान निर्माण गर्ने र माओवादी लडाकुहरूको व्यवस्थापन गर्ने दुई वटा महत्त्वपूर्ण कार्यभार हाल पूरा भए पनि द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनामा भने पीडितलाई न्याय दिलाउने कार्य हालसम्म पनि सम्पन्न नभएको भन्दै द्वन्द्वपीडित समुदाय र विभिन्न नागरिक संघ संस्थाहरूले आज माइतीघरमा धर्ना दिएका छन्। 

उनीहरूले 'समयसीमा र कार्ययोजनासहितको संक्रमणकालीन न्यायसम्बन्धी मार्गचित्र', 'सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानूनबमोजिम ऐन संशोधन', 'पीडितलगायत सरोकारवालाहरूसँग अर्थपूर्ण परामर्श' जस्ता मागसहित धर्ना दिएका छन्। 

५ मंसिर, २०७८, १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।