आजबाट काठमाडौं र ललितपुरमा १२ वर्षमाथिका बालबालिकालाई फाइजरको खाेप

आजबाट काठमाडौं र ललितपुरमा १२ वर्षमाथिका बालबालिकालाई फाइजरको खाेप

काठमाडौंः आजबाट काठमाडौं र ललितपुरमा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खाेप दिइँदै छ। यसअघि १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने गरेको थिएन। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खोप कार्यक्रम मङ्गलबारसम्म चल्नेछ। खोप लगाउन आउने सबैलाई लगाइने भए पनि खोपको सङ्ख्या कम भएकाले पहिला आउनेलाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ।

 तर खोपको संख्या कम रहेकाले प्रत्येक दिन बढीमा ३०० जनालाई मात्र खोप लगाइने र पहिला आउने प्राथमिकतामा रहने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। खोप बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म लगाइनेछ। 

खोप लगाइने स्थानहरूमा ललितपुरमा पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र र वीरेन्द्र सैनिक अस्पताल रहेका छन्।

५ मंसिर, २०७८, १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।