चिसाे माैसममा छाला फुट्न र सुख्खा हुनबाट जाेगाउन के खाने ?

चिसाे माैसममा छाला फुट्न र सुख्खा हुनबाट जाेगाउन के खाने ?

काठमाडाैंः चिसाेमा अधिकांश मानिसकाे छाला फुट्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छन्। चिसाे माैसम छालाका लागि त अभिषाप नै बन्छ।

तर चिसाेमा डाइट प्लान राम्ररी गर्न सकियाे भने याे समस्याबाट छुटकारा पाउन सकिन्छ। छुटकारा मात्र हाेइन छालालाई सुन्दर र स्वस्थ बनाउन सकिन्छ।

चिसाेमा छाला जाेगाउन सबैभन्दा प्राथमिकताका साथ खानुपर्ने चिज हाे हरियाे सागपात। हरियो सागपात कम क्यालाेरीवाला खाना हुन्। यसमा भिटामिन 'ए', 'सी'सहित अन्य आवश्यक पाेषक तत्व हुन्छन्। त्यसमध्ये भिटामिन 'ए'ले काेमल छाला बनाउन मद्दत गर्छ। यस्तै स्कीन टोनमा पनि फरक ल्याउँछ। 

छाला जाेगाउन चिसाेमा खानै पर्ने अर्काे भनेकाे जडीबुटीजन्य पदार्थ हुन्। त्याे पनि सहजै भान्सामा उपलब्ध हुने जस्तै अदुवा, ल्वाङ, दालचिनी, अलैंची आदि। यी खाद्य पदार्थले छालालाई स्वस्थ राख्न मद्दत गर्छन्।

यस्तै सुन्तला, कागती जस्ता फलहरू भिटामिन 'सी'बाट भरपूर हुन्छन्। यी फलहरू जाडोमा सेवन गर्नाले छालामा चमक ल्याउन सकिन्छ। यस्तै यी फलहरू छालामा हुने इन्फेक्सन राेक्न पनि लाभदायी हुन्छन्।

चिसाेमा ड्राइफ्रुट्स पनि लाभदायी खाद्यमै पर्छन्। चिसाेमा बदाम सेवन निकै राम्राे मानिन्छ। ड्राइफ्रुट्समा काेलेस्ट्राेल, आइरन, प्रोटीन, क्याल्सियम, ओमेगा -3 जस्ता थुप्रै आवश्यक पाेषक तत्व हुन्छ। यसले छालाकाे गहिराइसम्म पुगेर छालालाई स्वस्थ बनाइराख्छ।

४ मंसिर, २०७८, १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।