शौचालयका कारण हुने सङ्क्रमणबाट जोगिने २ उपाय

शौचालयका कारण हुने सङ्क्रमणबाट जोगिने २ उपाय

तर पुरुषलाई पनि शौचालय इन्फेक्सन हुँदै नहुने भने हैन। फङ्गस र ब्याक्टेरियाका कारण पुरुषहरूलाई पनि शौचालय इन्फेक्सन हुने गरेका देखिन्छ।

तर चार वटा विषयमा सजग हुने हो भने यस्तो प्रकारको इन्फेक्सनबाट जोगिन सकिन्छ।

प्राय पुरुषहरू पिसाब गर्दा उठेर गर्ने भएकाले उनीहरू इन्फेक्सनको जोखिमबाट अलि जोगिन्छन्। तर जब दिशा गर्न बसिन्छ त्यो बेलामा यदि सफा ट्वाइलेट नभएमा पुरुषहरू पनि सङ्क्रमित हुने सम्भावना बढी हुन्छ नै।

नियमित फल्स नभएको शौचालयमा पिसाब गर्दा पनि पुरुषमा मूत्र मार्ग र मुत्राशय दुबैमा इन्फेक्सन हुनसक्छ नै।

पुरुषहरूमा युटीआई र फंगल इन्फेक्सनको जोखिम हुन्छ। यसका केही कारणहरू यस्ता छन्।

दिशा गर्दा फोहोर शौचालयको प्रयोग

प्राय जसो सार्वजनिक शौचालयको प्रयोग गर्दा शौचालयका कारण हुने इन्फेक्सनबाट प्रभावित हुने जोखिम बढी हुन्छ। एक त यस्तो शौचालय धेरै जनाले प्रयोग गर्ने र अर्को नियमित सफाइको अभावमा प्रयोगकर्ता प्रभावित हुन सक्छन्।

प्राय जसो यस्तो जोखिम आधुनिक शौचालयमा अझ बढी हुन्छ। जब दिशाका लागि आधुनिक ट्वाइलेटमा बसिन्छ त्यो अवस्थामा सङ्क्रमण सर्न सक्छ। परम्परागत शौचालयमा शरीरको भाग र शौचालयको भाग नजोडिने हुँदा यस्तोमा सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ। तर सर्दै नसर्ने भन्ने हुन्न।

त्यसैले आपत्कालीन अवस्थामा भए पनि सकेसम्म सार्वजनिक शौचालयको प्रयोग गर्न परम्परागत चयन गर्ने। आधुनिक कमोड छ भने पहिला फल्स गर्ने या माथिको ढक्कन लगाएको छ भने सो निकालेर बस्ने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ।

ट्वाइलेट पेपर र तौलिया

पानीको साटो ट्वाइलेट पेपर प्रयोग गर्दा पनि इन्फेक्सनको जोखिम हुन्छ नै। यस्तै गरी ट्वाइलेटमा राखिने तौलिया पनि सङ्क्रमणको कारण हुने गरेको देखिन्छ। यदि कार्यालय या घरमा सबैले एकै तौलिया प्रयोग गर्ने गरेको छ भने पनि सङ्क्रमणको सम्भावना हुन्छ। त्यसैले इन्फेक्सनबाट जोगिन सकेसम्म धेरैले प्रयोग गर्ने तौलिया प्रयोग नगरेको राम्रो।

यति मात्रै ध्यान दिनसके पनि शौचालयका कारण हुने संक्रमणबाट जोगिन सकिन्छ।

२ मंसिर, २०७८, १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।