रेबिजका कारण हरेक वर्ष ३६ जनासम्मको मृत्यु, ९ वटा अस्पतालमा सेवा विस्तार 

रेबिजका कारण हरेक वर्ष ३६ जनासम्मको मृत्यु, ९ वटा अस्पतालमा सेवा विस्तार 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको विगत ७ वर्षको तथ्याङ्क अनुसार रेबिजकै कारण वार्षिक १५ जना देखि ३६ जना सम्मको मृत्यु भएको देखिएको मन्त्रालयले जनाएको हो।

मानिसलाई रेबिज रोग लागेमा यसको कुनै उपचार छैन। स्वास्थ्यमन्त्री विरोध खतिवडाले शङ्कास्पद रेबिज सङ्क्रमित जनावरले टोकेमा तत्काल एन्टि रेबिज भ्याक्सिन लगाउन अनुरोध गरेका छन्। 

मङ्सिर ५ गतेदेखि देशका ९ वटा अस्पतालबाट रेबिजइम्युनो ग्लोबुलिनको सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको मन्त्री खतिवडाले जानकारी दिए। 

उनका अनुसार मङ्सिर ५ गतेदेखि प्रदेश १ को कोसी अस्पताल विराटनगर, प्रदेश २ को जनकपुर अस्पताल धनुषा, नारायणी अस्पताल वीरगन्ज, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा र भरतपुर अस्पताल चितवनबाट सेवा प्रवाह हुनेछ।

यस्तै गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको लुम्बिनी अस्पताल बुटवल, कर्णालीको सुर्खेत अस्पताल सुर्खेत र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीबाट रेबिजइम्युनो ग्लोबुलिनको सेवा प्रवाह हुने उनले बताए। 

आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यको आधारमा सबै जिल्लामा यो सेवालाई बिस्तार गर्ने आवश्यक व्यवस्था मिलाइने स्वास्थ्य मन्त्री खतिवडाले बताए। 

२ मंसिर, २०७८, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।