कभर स्टोरी

खुट्टा भाँचिएर विदेशबाट फर्काइएपछि युट्युबमा भिडियो हेरेर नक्कली नोट छापेका थिए समरोजले

पक्राउ परेकाहरूको बयानबाट उनीहरूले नक्कली नोट कपनमा नचलाई जोरपाटी, आरुबारी नारायणटार क्षेत्रको बजारमा चलाएको खुलेको छ


काठमाडौँ : बैदशिक रोजगारको लागि खाडी मुलुक गएका समरोज थापामगर केही महिना अघि नेपाल फर्किए। रामेछाप जिल्ला सिरुवारि गाउँपालिका वडा नम्बर दुई घर भएका उनी अहिले बुढानीलकण्ठ नगरपालिका कपनमा बस्छन्।

विदेशमा काम गर्दा गोडामा चोट लागेपछि विदेशमा काम गर्न सकेनन् उनले। गोडामा स्टिल राखियो। त्यसपछि नेपाल फर्केका उनले तामाको भाडामा बुट्टा भर्ने काम गर्न थाले। फुर्सदमा उनी युट्वमा भिडियोहरू हेर्थे। भिडियो हेर्दै जाँदा एक दिन उनले 'हाउ टु मेक अ मनी' भनेर सर्च गरे।

त्यहाँ उनले नक्कली पैसा कसरी बनाउने भन्ने एक भिडियो फेला पारे। भिडियो हेर्दै जाँदा उनलाई नेपालमा पनि यस्तो धन्दा चल्छ कि जस्तो लाग्यो।

प्रहरीलाई उनले दिएको प्रारम्भिक बयानमा भनेका छन् ‘बुट्टा भरेर मात्रै खर्च धान्न अप्ठ्यारो पर्‍यो। त्यसपछि मैले युट्युब हेरेर कसरी पैसा बनाउने भन्ने हेरेँ। अनि त्यही अनुसार पैसा छाप्न थालेँ।’

२ महिना अघि देखि मगरले नक्कली नेपाली रुपैंया बनाउन थाले। एफोर साइजको पेपर ल्याए। अनि  कलर प्रिन्टर किनेर कोठामै नेपाली नोट फोटोकपी गरेर नयाँ नोट बनाउन थाले। रङिन प्रिन्ट गरेर कटिङ गरेपछि नेपाली जस्तै नोट बन्यो।

यस अगाडि पाँच सय र हजारको नक्कली नोट बनाउने गिरोह पक्राउ परेकोबारे उनलाई थाहा थियो। त्यसैले उनी एकै पटक ठुलो नोटमा गएनन्। उनले पाँच, १०, २०, ५० अनी सयका नोटहरु बनाउन थाले। उनले केही नोट बजारमा परीक्षण गरे। सयको नोटको परीक्षण गर्दा पसलेले चाल नपाएपछि उनी भटाभट पैसा छाप्न थाले।

गत मङ्गलवार गोमा श्रेष्ठ उनले बनाएको नक्कली नोट लिएर सामान किन्न बजार जाँदा भने पसलेले शङ्का गरेर प्रहरी बोलाउँदा अहिले मगरसहित पाँच जना महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा पुगे।

एकै घरका तीन जना

गोमाले बोकेको १ सयका नोट कहाँबाट लिइन् भनेर प्रहरीले सोधपुछ गर्दा उनले छोरी पुष्पा थापा मगरको नाम लिइन्। पुष्पा समरोजको आमा हुन्।

उनले आमालाई पनि नक्कली नोट दिएका थिए। उनको आमाले त्यही नक्कली नोट आमा गोमालाई दिएका थिए। गोमा त्यही पैसा लिएर किनमेल गर्न बजार जाँदा प्रहरीसम्म यो सूचना पुग्यो।

पुष्पाको नाम आएपछि प्रहरी पुष्पाको कोठामा पुग्यो। उनको कोठामा पुग्दा ५ सय र  एक हजारका नोट बनाउनका पैसाको आकारमा राखेको कागजको बन्डल फेला पर्‍यो। पुष्पा पक्राउ परेपछि चिरञ्जीवी जोती र सुजन जोतीको समेत संलग्नता रहेको खुल्न आयो।

प्रहरीले क-कस्को संलग्नता छ खोज्दै गयो। पैसाको नोट छाप्ने समरोजको नाम आयो। उनको कोठामा रङिन प्रिन्टबाट नक्कली नोटहरू प्रिन्ट गरी बनाउने गरेको भेटियो।

प्रहरी समरोजको कोठामा पुग्दा तयारी अवस्थामा राखिएका एक सयका दरको नक्कली नोट मात्रै फेला परेन एक सयको जस्तै देखिने अर्को रँगिन कागजहरू पनि फेला पर्‍यो। ती कागज पैसा छाप्न ठिक्क पारिएका थिए।

बयानमा उनीहरूले १ सयको १५ सय थान नोट बजारमा पठाइसकिएको बताएका छन्।

जोरपाटी, आरुबारी र नारायणटारमा नक्कली नोट

पक्राउ परेकाहरूको बयानबाट उनीहरूले नक्कली नोट कपनमा नचलाई जोरपाटी, आरुबारी नारायणटार क्षेत्रको बजारमा चलाएको खुलेको छ। उनीहरू सो नक्कली नोट लिएर ती क्षेत्रमा गएर सामान किनमेल गर्ने गरेका थिए। उनीहरूले किनमेल गर्दा सक्कली नोटको बिचमा नक्कली नोट राखेर दिने गर्थे। मङ्गलवार अगाडि कुनै व्यापारीले उनीहरूले दिने नोटमा शङ्का गरेनन्। सयको नोट भएकाले सहजै बजारमा चलाए उनीहरूले।

प्रहरीले गोमा श्रेष्ठको साथबाट  सय को २९ थान नक्कली पैसा बरामद गरेको छ त्यस्तै पुष्पाबाट १ हजारको ३६ थान, नोट आकार बनाइएको एक हजारको ९२ थान अगाडिको भाग खाली थियो भने १ सय ३६ थान हजारको नोटको पछाडिको भाग खाली थियो। ५ सय जस्तै देखिने गरी बनाइको ५६-५६ गरी एक सय १२ थान कागज पनि बरामद गर्‍यो।

काठमाडौँको बजारमा सय दरका नेपाली नक्कली नोट, कपनमा फेला पर्‍यो नोटको 'कारखाना'

उनीहरूले एक सयको ८ हजार बराबर, ५० को २१ हजार बराबर, २० रुपैयाँको १० हजार ६ सय, १० को ५२ सय, ५ को २ सय ८५ गरी ३७ हजार ८सय ८५ रुपैयाँ नक्कली पैसा बरामद गर्‍यो। उनीहरूले अगाडिको र पछाडिको भाग छुट्टाछुट्टै बनाएर फेविकोलले टास्ने गरेको पनि खुलेको छ।

त्यस्तै थापा मगरबाट प्रहरीले प्रिन्ट पेपरमा ३ वटा सय रुपैयाँको दरले छापिएको अवस्थामा ३० वटा पाना, रँगिन प्रिन्ट गरी छापिएको १ सय ८९ थान, १ सयको नोटलाई अगाडि र पछाडिको भागलाई टाँसिएको अवस्थामा १ सय ३७ नक्कली पैसा, सक्कली नोट जस्तै देखिने  १०, २० र ५० को २७ हजार १ सय ५० फेला पारेको हो।

पैसा छाप्न प्रयोग हुने इंक ट्याक वायरलेस मोडलको मेसिन मगरको कोठामा प्रहरीले फेला पारेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बहादुर बस्नेतका अनुसार नक्कली नोट परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

‘हामीले परीक्षणको लागि प्रयोगशाला पठाएका छौँ,’ उनले भने, ‘विस्तृत विवरण पछि मात्रै सार्वजनिक गर्छौ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'

सुरुवाती दिनहरुमा म हिन्दी गीतहरु गुन्गुनाउँथें। तर चर्चामा आएको चाहिँ नारायणगोपालकै गीतबाट हो। वि.सं. २०४४ सालतिरबाट नारायणगोपालको गीत गाउन थाल्ने बित्तिकै म सबैको नजरमा पर्न....

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।  अहिलेका पुस्ताले....

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन

केही दिनसम्म रिहर्लसल गरिसकेपछि भक्तराज गीत सुनाउन वि.सं. २०४६ मंसिर १९ गते दिउँसो १ बजेतिर धुम्बाराहीस्थित गोपाल योञ्जनको घर  पुगे। गोपाल योञ्जनको बैठक कोठा सबैभन्दा....

वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

उकेरालाई विशेष स्रोतले युनिफाइड केन्द्रीय अस्पतालमा मिति सकिएको एक्स–रे गर्ने फिल्म’ अनि सिटी स्क्यान गर्दा प्रयोग गरिने सुई प्रयोग भइरहेको सूचना दिएको थियो। एक महिनाको निरन्तर....

के निक्कीलाई उन्मुक्ति दिन अभियोग गम्भीर तर प्रमाण फितलो पारिएको हो ?

२०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनलाई प्रहरीले मल्होत्राकी बहिनी निक्की भनिने सुरक्षा सिंहविरुद्ध किटानी जाहेरी दिन लगायो। अपहरण तथा शरीर बन्धकको कसुरमा दिइएको....