एमाले महाधिवेशनमा उठ्ने ८ करोड, खर्च पाँच करोड

एमाले महाधिवेशनमा उठ्ने ८ करोड, खर्च पाँच करोड

चितवन : पार्टीको १० औँ महाधिवेशनमा पाँच करोड रुपैंया खर्च हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताएका छन्।

भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीका सदस्यबाट ८ करोड १० लाख जम्मा हुने तर महाधिवेशनमा ५ करोड आसपासमा खर्च हुने बताएका हुन्।

एमालेमा ८ लाख १० हजार पार्टी सदस्य रहेको र हरेकबाट १ सय रुपैयाँ सङ्कलन हुँदा पनि ८ करोड १० लाख जम्मा हुने उनले बताए। विगतका महाधिवेशनको अनुभवको आधारमा खर्च करिब ५ करोड हुने बताएका थिए।

एमालेको १० औँ महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार एमालेले महाधिवेशनको माहौल बनाउन देशभरि र्याली निकाल्ने छ। मङ्सिर ७ गते देशका ७७ वटै जिल्लाका मुख्य सहरहरूमा र्याली निकाल्ने भट्टराइले बताए।

महाधिवेशनको उद्घाटनशत्रमा ५ लाख नेता कार्यकर्ताको सहभागिता उनले दाबी गरे।

१ मंसिर, २०७८, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।