१०० शय्याकाे आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङ पढाउन पाउने

१०० शय्याकाे आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङ पढाउन पाउने

काठमाडाैंः अब एक सय शय्याकाे आफ्नै अस्पताल भएकाे शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल नर्सिङ) पढाउन पाउने भएकाे छ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले यस्ताे निर्णय गरेकाे हाे। 

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्न दिने निर्णय गरेको हो। 

यता चिकित्सा शिक्षा आयाेगले आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा विद्यार्थी भर्ना लिन अनुमति दिइसकेको छ।

हाल परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै मापदण्ड पूरा गरेका छन्। २४ वटामध्ये पनि १७ वटा निजी शिक्षण संस्था हुन् भने ७ वटा आङ्गिक शिक्षण संस्था हुन्।

२७ कात्तिक, २०७८, १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।