सुर्खेत र डोल्पामा पनि आज कांग्रेसकाे वडा अधिवेशन

सुर्खेत र डोल्पामा पनि आज कांग्रेसकाे वडा अधिवेशन

अधिवेशनबाट वडाको नेतृत्त्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि पनि चयन हुनेछन्। सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु भइसकेकाे छ।

नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्त्व र अधिवेशन प्रतिनिधि चयन गर्ने गरी सबै तयारी पूरा भएको बताए। ‘कुनै वडामा सर्वसम्मत पनि हुन सक्छ कुनैमा चुनाव पनि हुन सक्छ। तर अधिवेशन सफल गराउँछौं’, रेग्मीले भने।  

सुर्खेतमा विशेषगरी संस्थापन समूह देउवा र इतर समुह पाैडेलबीच कडा प्रतिस्पर्धा रहेकाे छ। दुवै समुहका नेताहरू नतिजा आआफ्नाे पक्षमा ल्याउनका लागि प्रत्येक वडामा दाैडधुप गरिरहेका छन्।

सुर्खेत अहिलेका महामन्त्री पुर्ण बहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीकाे गृहजिल्ला हाे। त्यसैले पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिएकाे छ।

यसअघि डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद थियो। आजै कैलालीकाे पनि वडा अधिवेशन हुँदैछ।

२७ कात्तिक, २०७८, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।