काठमाडौँको रैथाने बन्यो छठ : सिँगारियो नदी-तलाउ

काठमाडौँको रैथाने बन्यो छठ : सिँगारियो नदी-तलाउ

बागमती खोला किनार होस् या रानीपोखरी सबैतिर छठ मैयाँको आराधना गर्न पन्डालहरु बनिरहेका छन्। व्रतालुहरू नदी किनार र तलाउ वरिपरिको क्षेत्र सफा गर्न कस्सिएका छन्।

समूहहरू व्रतालुको सहज बसाइको तारतम्य मिलाउन व्यस्त छन्। मङ्गलवार गुजेश्वरीस्थित वाग्मती नदी किनारामा पुग्दा माहौल छठमय थियो। कोही नदी किनारका बुट्यान सफा गर्न व्यस्त थिए त कोही बत्ती र पन्डाल जडान गर्न व्यस्त थिए।

नदी किनारमा बसेर सूर्यको पूजा गर्न बर्तालुलाई सहज बनाउन पन्डालहरु बनिरहेका थिए। छठको एक दिन अघि र बिहानै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन सयौँको सङ्ख्यामा भक्तजन नदी किनारमा आउने गर्छन्।

 

 

२३ कात्तिक, २०७८, १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।