नेपाली भाषासेवी साहित्यकार क्षेत्रीलाई पद्म श्री सम्मान

नेपाली भाषासेवी साहित्यकार क्षेत्रीलाई पद्म श्री सम्मान

काठमाडौँ : चर्चित उपन्यास बसाईँका लेखक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारत सरकारले प्रतिष्ठित पद्म श्री सम्मान दिएको छ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार  भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्म श्री सम्मान प्रदान गरेका थिए।

नेपाली भाषी क्षेत्री भारतको आसाममा बस्छन्। नेपाली भाषाका लागि उनले पूर्याएको योगदानको कदर गर्दै भारतले उनलाई प्रतिष्ठित सम्मान दिएको हो। सम्मान लिन उनी क्रस खुकुरी चिन्ह भएको कालो नेपाली टोपी लगाएर गएका थिए।

उपन्यास 'बसाइँ', 'अतृप्त', 'ब्रह्म पुत्रको छेउछाउ' र निबन्ध सङ्ग्रह 'असममा नेपाली भाषाको कठिनाइ' लेखेका उनको बसाइँ सबैभन्दा धेरै चर्चित कृति हो।

क्षेत्रीले 'ब्रह्म पुत्रको छेउछाउ' का लागि सन् १९८७ मा साहित्य अकादमी पुरस्कार समेत पाइसकेका छन्। 

२२ कात्तिक, २०७८, ०२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।