नालामा फुलेका सुन्दर फूल (फोटोफिचर)

नालामा फुलेका सुन्दर फूल (फोटोफिचर)

काभ्रेः देशलाई तिहारले छाेप्नै लागिसक्याे। तिहार भन्नासाथ मीठा मीठा परिकार, झिलीमिली बत्ति, देउसी भैलाे र सयपत्री-मखमलीकाे दृश्य आँखामा आउँछ। 

काठमाडाैं उपत्यकामा चाहिँ भक्तपुरकाे गुण्डु र काभ्रेकाे नाला क्षेत्रमा तिहार आएकाे महसुस मात्र हाेइन, प्रष्टै देख्न सकिन्छ। याे क्षेत्र पुष्प खेतीका लागि प्रख्यात छ। हरेक वर्ष तिहारमा खपत हुने मखमली र सयपत्री फूलकाे उपत्यकाभित्रकाे अधिकांश मागकाे पूर्ति यही क्षेत्रमा फुलेकाे फूलले गर्छ। र यहाँ फुलेका फूलले तिहारकाे आगमनलाई प्रष्टसँग देखाउँछ।

फ्लाेरिकल्चर एसाेसिएसनका अनुसार नेपालमा फूलकाे बजार झण्डै साढे २ अर्ब रुपैयाँ बराबरकाे छ। यसलाई फ्लाेरिकल्चर ट्रान्जेक्सन पनि भनिन्छ। तिहारमा मात्रै नेपालमा २५ लाखभन्दा बढी फूलकाे माला खपत हुन्छ।  

तिहारकाे सन्दर्भमा उकेराकर्मी कृष्पा श्रेष्ठले काभ्रेकाे नाला क्षेत्रमा कैद गरेकाे फूलका सुन्दर दृश्यहरू:

१४ कात्तिक, २०७८, ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।