फूलैफूलको मौसम

फूलैफूलको मौसम

ललितपुर : तिहार फट्ठलको पर्व पनि हो। यही मौसममा घर आँगन वरिपरिका फट्ठलका बिरुवाहरू ढकमक्क फुलेका हुन्छन्। सयपत्री, गोदावरी अनि मखमलीको पर्वै हो तिहार।

यही फूलको पर्वको मौका पारेर जावलाखेलको खेल मैदानमा १४ औँ पुष्प मेला सुरु भएको छ। मेला स्थल थरी थरीका फूलको सौन्दर्यले झकिझकाउ भएको छ।

मेला तीन दिनसम्म चल्ने फ्लोरीकल्चर एशोसियन नेपाल (फ्यान)ले जनाएको छ। फ्यानका अनुसार ‘पुष्प विकास केन्द्र’को सहयोग तथा फ्यानको आयोजनामा ‘गोदावरी पुष्प प्रदर्शन’ आयोजना भएको हो। नजिकिँदै गरेको तिहार अघि आयोजना गरिएको सो प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने रहेको छ। 

प्रदर्शन मेलामा गोदावरीको विभिन्न प्रजातिका फूल, बगनबेली, साइक्लामेन, सयपत्री लगायतका फूलको आकर्षण देखिएको छ। त्यसै गरी साना साना गमलामा चटक्क फुलाइएका विभिन्न फूल, डबल ऐजेलीया, बोनसाई, गमलामा सजाइएका विभिन्न जातका प्लान्ट मेलाका आकर्षण देखियो। 

मेलामा व्यावसायिक स्टल ४४ र सूचनामूलक ४ गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरू रहने फ्यानले जनाएको छ। मेलामा सहभागी भएका नर्सरी व्यवसायीमध्ये उत्कृष्ट स्टलतर्फ  कीर्तिपुरको ‘थापा नर्सरी’ विजयी भएको छ। 

तर छोटो समयमा पुष्प प्रदर्शनी कार्यक्रम तय भएकोले र कोभिड–१९ को निरन्तरता भइरहँदा पुष्प व्यवसायीहरू प्रतिस्पर्धाका लागि आवश्यक पर्ने फूल बिरुवा तयारी गर्न नसकेका कारण यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुन नसकेको फ्यानले जनाएको छ। 

कोभिड–१९ अगाडीका प्रदर्शनीजस्तो यो वर्षको मेलाको रौनक पनि देखिएन। प्रदर्शनमा गोदावरी लगायतका फूलहरू पनि कोभिड–१९ अगाडीको तुलनामा कमै देखियो।  गत वर्ष (२०७७ मा) कोभिड–१९ का कारण कुनै पनि मेला प्रदर्शनीको आयोजना गर्न नसकेको फ्यानले जनाएको छ। 

१२ कात्तिक, २०७८, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।