दक्षिण अफ्रिकाको पहिलो जित, वेस्ट इन्डिजको दोस्रो हार

दक्षिण अफ्रिकाको पहिलो जित, वेस्ट इन्डिजको दोस्रो हार

वेस्ट इन्डिजले एक सय ४४ रनको चुनौती दिएको थियो। दक्षिण अफ्रिकाले १८.२ ओभरमा दुई विकेट क्षतिमा लक्ष्य पुरा गर्यो।

शनिवार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग पराजित भएको थियो। दक्षिण अफ्रिकाका एडिन मार्करामले अविजित ५१ र  रसे भान डेर डुसेनले अविजित ४३ रन बनाएका थिए।

वेस्ट इन्डिजका अकिएल हुसैनले एक विकेट लिएका थिए। टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४३ रन बनाएको थियो। वेस्ट इन्डिजबाट इर्बिन लुइसले ५६ रन बनाएका थिए।
दक्षिण अफ्रिकाका ड्वाने प्रेटोरियसले तीन, केशव महाराजले दुई तथा एनरिक नोट्जे र कगिसो रबाडाले एक-एक विकेट लिएका थिए। 

प्रतियोगितामा वेस्ट इन्डिजको यो दोस्रो हार हो। यसअघि शनिवार भएको पहिलो खेलमा वेस्ट इन्डिज इङल्यान्डसँग ६ विकेट पराजित भएको थियो।

 

९ कात्तिक, २०७८, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।