देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

पार्टी पदाधिकारीको बैठकमा पौडेलले पार्टीको १४ औँ महाधिवेशनको मिति सार्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन्। 

सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई मङ्सिरभित्र महाधिवेशन सम्पन्न गर्न समितिलाई निर्देशन दिएको र आफूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको पौडेलले जानकारी दिए। 

पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै पौडेलले महाधिवेशनको तयारी समिति र उपसमितिहरू बनाउनु पर्ने बताए।

'मङ्सिर ९ देखि १२ गतेसम्म महाधिवेशन गरिसक्नु पर्ने कार्यतालिका आइसकेको छ, त्यो भन्दा अगाडि प्रदेशको अधिवेशन गरिसक्नु पर्नेछ,’ पौडेलले भने,‘कार्यतालिकामा सानोतिनो हेरफेर गर्नु परेमा र महाधिवेशनको तयारीका लागि पनि केन्द्रीय कार्यसमिति बैठक बोलाउनु आवश्यक छ।’ 

पौडेलले सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने विश्वास व्यक्त गरे। 

९ कात्तिक, २०७८, २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।