अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानिस्तानको सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय र मौन बसेको भन्दै उनीहरूले ब्यानर लिएर काबुलको सडकमा विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी महिलाको हातमा पोस्टर थियो जसमा लेखिएको थियो' दुनियाँ हामी मरिरहेको शान्तिसँग किन हेरिरहेको छ?'

सत्तामा तालिबान फर्किएपछि उनीहरूले महिलालाई काममा आउन दिएको छैन। अधिकांश युवतीहरूलाई क्याम्पस जान रोक लगाएको छ।

प्रदर्शनमा सहभागी हुस्ना सद्दतले अधिकारका लागि विरोध प्रदर्शनमा सहभागी भएको बताइन्। उनले प्रश्न सोधिन्' दुनियाँ किन मौन छ ? संयुक्त राष्ट्र महिलाको अवस्थाबारे किन ध्यान दिइरहेको छैन। हरेक दिन ग़रिब  चिल्लाइरहेको छ, हाम्रो बच्चाहरू मरिरहेका छन्, बेरोजगारीका कारण पुरुषहरू समस्यामा छन्। उनीहरूसँग जागिर छैन। उनीहरू आत्महत्या गरिरहेका छन्।'

९ कात्तिक, २०७८, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।