उकेरा न्युज

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन


काठमाडौँ : नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अविलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएको छ।

बारले मङ्गलवार राखेको बैठकमा सहभागीहरूले अहिलेको सङ्कट पार लगाउन प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने र उनले राजीनामा नदिए बार आन्दोलनमा जानुपर्ने सुझाव दिएका हुन्। पूर्व अध्यक्ष र महासचिव सम्मिलित बैठकमा ३७ जना सहभागी थिए। तीमध्ये ३६ जनाले राणाको राजीनामा नआए आन्दोलनमा जान सुझाव दिएको बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिएका थिए।

उनले अब बारको कार्यसमितिको बैठक बसेर सुझावको आधारमा निर्णय गर्ने र प्रधानन्यायाधीशबाट राजीनामा नआए आन्दोलनमा जाने उनले सञ्चारकर्मीहरूलाई जानकारी दिए।

सरकारसँग भागबन्डा मागेको भन्दै विवादमा आएका प्रधानन्यायाधीश राणा भने राजीनामा दिने पक्षमा देखिएका छैनन्। उनले बुधवार बिबिसी नेपाली सेवासँग कुरा गर्दै महाअभियोग आए सामना गर्ने तर आन्दोलनको भरमा राजीनामा नदिने बताएका थिए।

उनको विपक्षमा रहेका सर्वोच्चका १५ न्यायाधीशहरूसँग बुधवार भएको छलफलमा पनि उनले विवाद निकालेकै आधारमा राजीनामा नदिने बताउँदै राजीनामा नै दिने भए विवादमा आए सबै न्यायाधीश राजीनामा दिन राजी भए आफूले विचार गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही....

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....