उकेरा न्युज

प्रधानन्यायाधीशले राजीनामा नदिए सर्वोच्चमा बहस नगर्ने : थापा


काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र  शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने पक्षमा रहेका कानुन व्यवसायीहरूले बुधवारबाट सर्वोच्च अदालतमा बहस नगर्ने निर्णय गरेका छन्।

प्रधानन्यायाधीश राणा विवादमा आएपछि बढेको कानुनी सङ्कटबारे छलफल गर्न बसेको नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरूले बहस नगर्ने धारणा राखेका थिए।

बैठकपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधवारदेखि कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा बहस नगर्ने सहमति भएको जानकारी दिए।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने माग भएकाले बहस नगर्ने निर्णय भएको उनले जानकारी दिए। बारको सल्लाहकार समितिमा पूर्व अध्यक्ष, उपाध्यक्ष र महासचिव हुन्छन्। थापा बारको पूर्व अध्यक्ष हुन्।

उनले अब प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

डा गिरीको गाडिमा कसले हान्यो ढुङ्गा ?

बिहान ११ बजेको घटना भए पनि आयोगले ढिला मात्रै विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ। आयोगले घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही....

प्रयाङकरलाई गृहको चेतावनी : सार्वजनिक स्थानमा प्रयाङक भिडियो बनाए कारबाही

बिहीबार त मन्त्रालयले सूचना नै जारी गरेर सार्वजनिक स्थानमा ख्यालठट्टा गर्ने र प्रयाङक भिडियो बनाएमा कारबाही गर्ने चेतावनी दिएको हो। गृहको विज्ञप्तिमा सार्वजनिक स्थलहरूमा मजाक,....

बैठक नराखेको भन्दै आलोचना भएपछि देउवाले बोलाए केन्द्रीय समिति बैठक

स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन्। शुक्रवार हुने बैठक भर्चुअल हुनेछ। कोरोना सङ्क्रमण बढिरहेकाले पार्टीको बैठक भर्चुअल गर्न लागिएको....

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एकै दिन १५ पुग्यो

बुधवारको तथ्याकंमा जम्मा पाँच जनाको मृत्यु भएको थियो। तेस्रो लहरमा २४ घण्टामा सबैभन्दा धेरै एकै पटक १६ जनाको मृत्यु भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो।....

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए झन्डै एक करोड, साथीले पोल खोलिदिएपछि विवादमा

यही बिच शाश्वतले श्रीमतीको नयाँ जीवनका लागि गो फन्डमा २०२१ डिसेम्बर २ मा फन्ड सङ्कलन गर्न खाता खोले। टिकटकमा उनीहरूको भिडियो पपुलर बन्दै गयो। यहीबिच....