इरानसँग ४-० ले हार्‍यो नेपाल, बिहीबार ताजिकिस्तानसँग भिड्ने

इरानसँग ४-० ले हार्‍यो नेपाल, बिहीबार ताजिकिस्तानसँग भिड्ने

काठमाडाैंः जारी एएफसी यू-२३ एसियन कप छनाेटमा नेपाल पराजित भएकाे छ। साेमबार भएकाे खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएकाे हाे। 

पहिलाे हाफ गाेलरहित बराबरीमा सकिए पनि इरानले दाेश्राे हाफमा नेपालकाे पाेस्टमा चार गाेल प्रहार गर्याे। इरानका लागि होसेन नाेखाेदकरले दुई गोल गरे। मेहदी लमाैचिटार्जी र कप्तान यासिन सल्मानीले एक/एक गोल गरे।

जीतसँगै समूह 'बी' मा रहेको इरानले ३ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थान ओगटेकाे छ। 

नेपालले अब दाेश्राे खेल बिहीबार आयाेजक ताजिकिस्तानसँग खेल्नेछ। 

९ कात्तिक, २०७८, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।