कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

धनगढीः कैलालीमा थप एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

९ कात्तिक, २०७८, १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।